FAQs Complain Problems

समाचार

वडा नं. ७ ‌‍रुपाकोट

गुल्मी जिल्लाको साविक रुपाकोट गाउँ विकास समितिका ९ वटा वडाहरु मिलाई बनाईएको चन्द्रकोट गाउँपालिका ७  नं. वडा रुपाकोट गाउँपालिकाको केन्द्र शान्तिपुरबाट दक्षिण-पूर्वमा अवस्थित छ। १०.८७  वर्ग किलोमिटर क्षेत्रफल भएको ७  नं. वडाको पूर्वमा गुल्मी जिल्लाको सत्यवति गाउँपालिका, दक्षिणमा गुल्मी जिल्ला कै छत्रकोट र गुल्मी दरवार गाउँपालिका, पश्चिममा ८ नं. वडा तुराङ रउत्तरमा ६ नं. वडा हरेवा पर्दछ। २०६८  सालको जनगणना अनुसार ३५१८  जनसंख्या रहेको यस वडामा ब्राहमण, क्षेत्री, गुरुङ, मगर, बोटे  र दलित लगायतका जातजातिको वसोवास रहेको छ। यस वडाका नागरिकहरुको मुख्य पेशा पशु पालन र कृषि रहेको छ भने दमुकाफाँट र सोता कृषि उत्पादनका लागि परिचित मानिन्छन। प्रसिद्ध धार्मिक एवम् पर्यटकीय मन्दिर सिद्धबाबा यस वडामा पर्दछ। यस वडाका वडा अध्यक्ष अनन्तराम भण्डारी स्थानीय तह सदस्य निर्वाचन,२०७९ बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ।

Ward Contact Number: 
९८६९८५६३९९