FAQs Complain Problems

समाचार

वडा नं. १ दिब्रुङ्ग

गुल्मी जिल्लाको साविक दिव्रुङ गाउँ विकास समितिका ९ वटा वडाहरु मिलाई बनाईएको चन्द्रकोट गाउँपालिका १ नं. वडा दिव्रुङ गाउँपालिकाको केन्द्र शान्तिपुरबाट उत्तर-पश्चिममा अवस्थित छ। १४.५८ वर्ग किलोमिटर क्षेत्रफल भएको १ नं. वडाको पूर्वमा २ नं. वडा विसुखर्क, दक्षिणमा २ नं. र ८  नं. वडा विसुखर्क र तुराङ, पश्चिम र उत्तरमा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका पर्दछ। २०७८  सालको जनगणना अनुसार १४१६ जनसंख्या रहेको यस वडामा ब्राहमण, क्षेत्री, गुरुङ, मगर र दलित लगायतका जातजातिको वसोवास रहेको छ, भने सराङ्ग, दह र अर्जेवा मुख्य वसोवास रहेका स्थानहरु हुन। यस वडाका नागरिकहरुको मुख्य पेशा पशु पालन र कृषि रहेको छ। दिव्रुङ मन्दिर, दह खेल मैदान, सालिमे दह यस वडाका प्रसिद्धधार्मिक एवम् पर्यटकीय स्थल हुन। यस वडाका वडा अध्यक्ष घनश्याम खरेल स्थानीय तह सदस्य निर्वाचन, २०७९  बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ।

Ward Contact Number: 
9857064443

जन प्रतिनिधि